५ जेष्ठ २०८१, शनिबार

स्वर्ण विजेता खेलाडीलाई नगदसहित सम्मान



sf:sL,@ k’;M :j0f{ kbs ljh]tf v]nf8L ;Ddflgt ut jif{ g]kfndf ;DkGg !# cf}F ;fudf alS;ªv]ntkm{ :j0f{ kbs ljh]tf v]nf8LnfO{ kf]v/fdf laxLaf/ dbg e08f/L :kf]6{; Ps]8]dL u08sL k|b]zaf6 ;Ddfg k|bfg . Ps]8]dLn] :j0f{ lah]tf tLg v]nf8LnfO{ hgxL ? %! xhf/ %)) gub;lxt ;Ddfg u/]sf] xf] . t:jL/ M s[i0f bjf8L÷/f;;

 

कास्की । मदन भण्डारी स्पोर्टस् एकेडेमीले नेपालमा गत वर्ष सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद (साग)मा बक्सिङतर्फ स्वर्ण पदक विजेता खेलाडीसहित साग सफल पार्न सहयोग गर्ने व्यक्ति तथा सङ्घसंस्थालाई आज नगदसहित सम्मान गरेको छ ।

सो अवसरमा राखेपका सदस्यसचिव सिलवालले बक्सिङतर्फ सागमा स्वर्ण पदक विजेता नेपाल पुलिसका भूपेन्द्र थापामगर तथा नेपाल आर्मीका मीनु गुरुङ र सुनिल शाहीलाई जनही रु ५१ हजार ५०० सहित सम्मान गरेका थिए ।

एकेडेमीले सागमा पोखरामा सञ्चालन भएका आठ वटा खेललाई सफल बनाउन भूमिका खेल्ने खेल सङ्घ, सागका १३ विषयगत समिति र खेलकूदका कर्मचारीलाई प्रशंसापत्र तथा नगदले सम्मान गरेको थियो ।

त्यस्तै पत्रकार महासङ्घ गण्डकी प्रदेश, कास्की शाखा र खेलकूद पत्रकार मञ्चलाई पनि रु २१ हजारका दरले नगद तथा सम्मानपत्रद्वारा सम्मान गरिएको थियो । वल्र्ड पावर लिफ्टिङ च्याम्पियनसीपमा पदक जित्ने खेलाडी तथा खेल पत्रकारलाई समेत नगदसहित सम्मान गरिएको थियो ।

सोही अवसरमा प्याराग्लाइडिङ दुर्घटनामा निधन भएका पाइलट तथा कराते खेलाडी राजु गैरे (नेपाली)का परिवारलाई रु एक लाख एक हजार १११, टेनिस खेलाडी स्व सुरज नगरकोटीको परिवारलाई रु ५० हजार ५५० आर्थिक सहयोग प्रदान गरिएको थियो । पूर्व भलिवल खेलाडी तथा प्रशिक्षकसमेत रहेका जीवन चौधरीलाई रु ७० हजार ७७०, राष्ट्रिय महिला भलिवल खेलाडी लक्ष्मी कुमाललाई रु २१ हजार १११ र क्रिकेट खेलाडी सन्तोष न्यौपानेलाई रु ३० हजार ३३० आर्थिक सहयोग प्रदान गरिएको एकेडेमीका सचिव कृष्ण तिमिल्सिनाले बताए ।



प्रतिक्रिया दिनुहोस !