आज बजार खुलेको १ घन्टा नबित्दै दोहोरो अंकले घट्यो नेप्से
काठमाडौं। साताकोे पहिलो कारोबार दिन आइतबार कारोबार खुलेको ४४ मिनेटसम्ममा शेयर बजारमा दाहोरो अंकमा गिरावट भएको छ ।
कारोबार खुलेको ४४ मिनेटसम्ममा शेयर बजारमा ३०.९८ अंकको गिरावट आइसकेको छ । मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षापछि पनि लगानीकर्ताहरू सन्तुष्ट हुन सकेका छैनन् ।
कुल २ सय ४ कम्पनीको १९ लाख ४ हजार ८६ कित्ता शेयर १ अर्ब ७ करोढ ६१ लाख १४ हजार रुपैयाँ बराबरमा किनबेच भएको छ ।