आजपनि बढ्यो सुनको मूल्य
![](https://sarbapriyanews.com/wp-content/uploads/2021/12/Gold-Rate-Increase.jpg)
काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आजपनि नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । आज सुन तोलामा ८०० रुपैयाँले बढेको हो ।
महासङ्घका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख २५ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख २५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार छापावाल सुन प्रतितोला १ लाख २५ हजार रुपैयाँ र तेजाबी सुन १ लाख २४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलामा ५० रुपैयाँले बढेर तोलाको १५१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।