९ मंसिर २०८१, आईतवार

एक दुईवटा पात खस्दैमा रुख पीर मानेर बस्दैनः केपि शर्मा ओली



काठमाडौं। पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमाले महासागरजत्रो छ । एमालेसँग कोही लड्न नसक्दैन जति मोर्चाबन्दी गरेपनि एमाले नै ठूलो पार्टी हो । शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा ओलीले भने,‘ नेकपा एमाले ढोडका लौरा समातेर सागर तर्ने पार्टी होइन, यो पार्टीसँग पौडिएर तर्ने क्षमता छ ।’

माधव नेपालप्रति आक्रामक रुपमा प्रस्तुत गर्दै महासागरजत्रो पार्टीमा पौडी खेल्न पुगेन भनेर खाल्डो खन्ने काम गरेका छन्। कोही मान्छेलाई सानै भएपनि आफ्नो घरको राजा हुन मन लाग्छ ।

ओलीले माधव नेपाल प्रतिक्रियावादी पक्षसँग मिलेको भन्दै नेपाल पार्टीबाट बाहिरिएर कुनै फरक पर्दैन। एक दुईवटा पात खस्दैमा रुख पीर मानेर बस्दैन । अर्को टुसो हाल्न सुरु गर्छ।

 



प्रतिक्रिया दिनुहोस !