१२ बैशाख २०८१, बुधबार

आमालाई ढुंगा हानेको बदलामा छोराले गरे बाबुको हत्या



 

चितवन । दैलेखको डुंगेश्वर गाउँपालिकामा एक युवाले आफ्नै बाबुको हत्या गरेका छन्। डुंगेश्वर गाउँपालिका–६ २१ वर्षीय विकास बुढाले ४७ वर्षीय आफ्ना बुबा नकुल बुढाको हत्या गरेका हुन्।

बुवाले आमालाई ढुंगाले हानेको बदलामा छोराले बञ्चरो प्रहार गरी बुवाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ। बुबाले आमालाई कुटपिट गरेको आक्रोसमा छोराले बञ्चरो प्रहार गर्दा बुबाको ज्यान गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षकले जानकारी दिएका छन् । यस घटना प्रति थप अनुसन्धा भइरहेको छ ।

 

 



प्रतिक्रिया दिनुहोस !