११ बैशाख २०८१, मंगलवार

नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार १६७ संक्रमित थपिए, १८७ को मृत्यु

५ हजार ४५५ जना कोरोना संक्रमित संक्रमणमुक्त



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार १६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १७ हजार ९७१ जनाको पीसीआर परीक्षण र ५७७ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८ हजार १६७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए।

योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ४ लाख ४७ हजार ७०४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै २ हजार ९३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

काठमाडौंमा २ हजार १४६, भक्तपुरमा ३४७ र ललितपुरमा ४४४ जनामा गरी कुल २ हजार ९३७ जना थपिएको जनाएको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु भएका र २४ घण्टामा विवरण प्राप्त भएकाहरु गरी जम्मा १८७ जना कोरोना संक्रमितको मृत्यु भएको डा.गौतमले जानकारी दिए।

उनका अनुसार सीसीएमसी, नेपाली सेनाद्वारा कोभिड १९ को शव व्यवस्थापन तथ्यांकको आधारसहित सो संख्यामा मृतक थपिएका हुन् ।

योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ४ हजार ८५६ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा थप ५ हजार ४५५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररत उनीहरु संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन् ।

योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ लाख ३३ हजार १०८ पुगेको छ । निको हुने दर ७४।४ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

 



प्रतिक्रिया दिनुहोस !