११ बैशाख २०८१, मंगलवार

लुम्बिनी प्रदेश द्वारा अर्घाखाँची जिल्लालाइ रु १५ लाख बिनियोजन



 

अर्घाखाँची । लुम्विनि प्रदेश सरकारले तत्काल अत्याबश्यक स्वास्थ्य सामाग्री र ब्यबस्थापन गर्नको लागि अर्घाखाँचीलाई रु १५ लाख बिनियोजन गरेको छ।

कोरोना भाईरसको संक्रमणको रोकथाम संक्रमितको पहिचान र उपचारको लागि आबश्यक कार्य गर्न प्रदेश सरकारले जिल्ला अस्पताल र स्वास्थ्य कार्यलयलाई रकम उपलब्ध गराउने भएको छ ।

जिल्ला अस्पताल अर्घाखाँचीलाई १० लाख र स्वास्थ्य कार्यालयलाई ५ लाखको दरले रकम उपलब्ध गराउने निर्णाय गरेको हो । कोरोना महामारीका लागि जिल्लामा अत्यावश्यक सेवा प्रवाह र व्यवस्थापन लगायतमा उक्त रकम खर्च हुने आन्तरिक मामिला तथा कानुन मन्त्री चेतनारायण आचार्य को सचिवालयले जानकारी दिएको छ।



प्रतिक्रिया दिनुहोस !