७ बैशाख २०८१, शुक्रबार

उपेन्द्र र बाबुराम पक्षले किन बस्दै छ बैठक ?



 

काठमाडौं । उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षिय जनता समाजवादी पार्टीको बैठक बस्ने भएको छ ।

महन्थ ठाकुर पक्षले बहुमत सांसदको उपस्थितिमा राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेको भोलिपल्टै उपेन्द्र यादव–बाबुराम भट्टराई पक्षले केन्द्रीय कार्यकारिणी समिति बैठक बोलाएको छ ।

बैठक बालकुमारीस्थित पार्टी कार्यालयमा दिउँसो एक बजे बस्ने जनाएको छ । आज बस्ने बैठकले महन्थ पक्षमाथि कारवाहीको प्रस्ताव गर्ने सम्भावना रहेको बुझिएको छ । जसपाको ५२ सदस्यीय कार्यकारिणी समितिमा दुवै पक्षले बहुमत दावी गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !