११ बैशाख २०८१, मंगलवार

नेपालमा थप ८ हजार ५२० जनामा कोरोना संक्रमण, २०३ संक्रमितको मृत्यु



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ५२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको २० हजार ९४८ जनाको पीसीआर परीक्षण र ५३० जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८ हजार ५२० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए । योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ४ लाख २९ हजार ६५८ पुगेको छ ।

त्यस्तै नेपालमा थप २०३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

२४ घण्टामा मृत्यु भएका र २४ घण्टामा विवरण प्राप्त भएकाहरु गरी जम्मा २०३ जना कोरोना संक्रमितको मृत्यु भएको जनाएको छ ।

उनका अनुसार सीसीएमसी, नेपाली सेनाद्वारा कोभिड १९ को शव व्यवस्थापन तथ्यांकको आधारसहित सो संख्यामा मृतक थपिएका हुन् ।

योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ४ हजार ६६९पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

 

 



प्रतिक्रिया दिनुहोस !