१५ चैत्र २०८०, बिहीबार

प्रधानमन्त्री ओलीले गरे मन्त्रिपरिषद् गठन, क्याबिनेटमा पुरानै अनुहार



 

चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका छन् । ओलीले सपथ लिएलगत्तै मन्त्रिपरिषदका सदस्यहरुले पनि सपथ लिएका छन् । ओलीले आफ्नो मन्त्रिमण्डलमा पुरानै अनुहार दोहोर्याएका छन् ।

जनता समाजवादी पार्टी (जसपा)लाई समेत सरकारमा सहभागी गराउने बारेमा जसपाका नेताहरुसँग छलफल परामर्श जारी रहेका कारण अहिले कुनै फेरबदल नगरिएको बताइन्छ ।

ओलीले उपप्रधानमन्त्रीमा साविकै ईश्वर पोखरेललाई राष्ट्रपतिबाट शपथ गराएका छन्।

यस्तै रामबहादुर थापा, विष्णु पौडेल, प्रदीप ज्ञवाली, हृदयश त्रिपाठी, लेखराज भट्ट, कृष्णगोपाल श्रेष्ठ र प्रभु साह छन्।

त्यसैगरी भानुभक्त ढकाल, मणि थापा, पद्मा अर्याल, वसन्त नेम्वाङ, गौरीशंकर चौधरी, पार्वत गुरुङ, शिवमाया तुम्बाहाङ्फे, लिलानाथ श्रेष्ठ, प्रेम आले, दामा लामा तामाङ र जुलीकुमारी महतो छन्।

राज्यमन्त्रीहरु नवराज रावत, रामवीर मानन्धरले पनि पद तथा गोपनीयताको सपथ लिएका छन्।



प्रतिक्रिया दिनुहोस !