६ पुष २०८१, शनिबार

राष्ट्रपतिले दिएको समय सकियो, प्रधानमन्त्रीमा कसैको दाबी आएन: राष्ट्रपति कार्यालय



काठमाडौं । नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमा सकिएको छ ।

सो समयभित्र कुनै पनि दलले प्रधानमन्त्री पदमा नियुक्तिका लागि दावी पेश नगरेको हुँदा ओली फेरि प्रधानमन्त्री पदमा नियुक्त हुने भएका छन् ।

बहुमतको प्रधानमन्त्रीका लागि कसैको दाबी पेस हुन नआएको राष्ट्रपति कार्यालयले जनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाको सोमबार (वैशाख २७ गते) को बैठकबाट विश्वासको मत प्राप्त नगरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले सोही दिन बहुमतका आधारमा सरकार गठनका लागि दाबी पेस गर्न दलहरुलाई आह्वान गरेकी थिइन्।

राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रतिनिधि सभाका सदस्यलाई बिहीबार राति ९ बजेति प्रधानमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेकी थिइन्।

तर, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहितको विपक्षी गठवन्धनले बहुमत जुटाउनका लागि आवश्यक सदस्य संख्या जुटाउन नसकेपछि प्रधानमन्त्रीमा दाबी पेस नगरेको हो।

यस्तो छ विज्ञप्ति

 

 

 



प्रतिक्रिया दिनुहोस !