सकियो ओली-नेपालको ४ घण्टा लामो वार्ता, यस्तो आयो निर्णय
चितवन । प्रधानमन्त्री केपी शर्मा ओली र एमाले वरिष्ठ नेता माधव कुमार नेपालबीचको ४ घण्टा लामो वार्ता भरखर्रै सकिएको छ ।वार्ता सहमति नजिक पुगेसँगै नेपाल समूहका सांसदहरुले तत्काल राजीनामा नदिने भएका छन् ।
बैठकपछि नेता नेपालले तत्कालका लागि राजीनामाको सम्भावना टरेको बताएका छन् ।
पत्रकारसँग कुराकानी गर्दै नेपालले भने, ‘राजीनामा दुईरचार दिनलाई टर्यो, कार्यदल बन्छ ।’
ओलीले फागुन २८ गतेका निर्णयहरु फिर्ता गर्ने विषयमा सकारत्मकता देखाएकाले तत्काल राजीनामा नआउने उनले बताए । फागुन २८ को निर्णय फिर्ता गर्ने २०७५ जेठ २ मा फर्कने प्रकियाका बारेमा निरन्तर छलफल गर्ने सकारात्मक सोचेर कुराकानीलाई जारी राख्ने । र, मिल्ने दिशामा अगाडि बढ्ने कुरा भएको जानकारी दिए ।
वार्तापछि नेता नेपालले विवाद समाधानका लागि कार्यदल बनाएर अगाडि बढ्ने सहमति भएको पनि बताएका छन् ।
प्रधानमन्त्रीलाई ६ बुँदे शर्त राखेर लेखेको पत्रका विषयमा छलफल भएको पनि उनले बताए ।