कर्णालीका नवनियुक्त मन्त्रीहरुको भोलि सपथ
चितवन । कर्णालीका नवनियुक्त तीन जना मन्त्रीले बिहीबार पद तथा गोपनियताको शपथ लिने भएका छन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बुधबार नियुक्त गरेका मन्त्रीले बिहीबार बिहान ११ बजे सपथ लिने भएका हुन् ।
रुकुम पश्चिमबाट निर्वार्चित सांसद गोपाल शर्मा र सुर्खेतबाट निर्वाचित सांसद विन्दमान बिष्ट र सीता नेपालीले प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनिबाट शपथ लिने भएका छन् । मुख्यमन्त्री शाहीले बिष्टलाई आन्तरिक मामिला, कानुन, युवा तथा खेलकुद मन्त्रालय, नेपालीलाई जलश्रोत तथा उर्जा विकास मन्त्रालय र शर्मालाई आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त गरेका छन् ।