गण्डकी प्रदेश सभाको विशेष अधिवेशन २१ पुषबाट सुरु
![](https://sarbapriyanews.com/wp-content/uploads/2020/12/prADESH-SAVA.jpg)
पोखरा । गण्डकी प्रदेश सभाको विशेष अधिवेशन २१ पुषबाट सुरु हुने भएको छ ।
प्रदेश प्रमुख अमिक शेरचनले २१ गते साढे १ बजेका लागि विशेष अधिवेशन बोलाउनुभएको हो । प्रदेश सभाको विशेष अधिवेशन पोखरा सभागृहमा गर्नेबारे छलफल गरिएको छ ।
कोभिड प्रोटोकल अनुसार भौतिक दूरी कायम गर्न सभागृहमा गर्नेबारे छलफल गरीएको छ । विशेष अधिवेशन माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादीले मंसिर ३० गते प्रदेश प्रमुखलाई माग पत्र बुझाएका थिए ।
संयुक्त मागपत्रमा नेपाली कांग्रेसका १५ र समाजवादी पार्टीका २ सांसदले हस्ताक्षर गरेका थिए । संविधानको धारा १ सय ८३ अनुसार एक चौथाइ सांसदले माग गरे विशेष अधिवेशन बोलाउनुपर्ने प्रावधान छ ।
गण्डकी प्रदेशमा कांग्रेससँग अधिवेशन माग गर्न आवश्यक पर्ने एक चौथाइ अर्थात् १५ सांसद छन् । तर उसले २ सांसद भएको समाजवादीलाई साथमा लिँदै अधिवेशनको माग गरेको थियो । गण्डकी प्रदेश सभाको छैटौं अधिवेशन जेठ ११ मा सुरु भएर असोज २६ गते सकिएको थियो ।