८ बैशाख २०८१, शनिबार

झिनो अकंले बढ्यो नेप्से



काठमाडौं । साताको चौथो कारोबार दिन आज सेयर बजार ०.५६ अंकले बढेको छ । मगंलबार सेयर बजार २७ अकंले बढेको थियो ।

बुधबार कारोबारको अन्तिमसम्ममा नेप्से परिसूचक ०.०२ प्रतिशतले बढेर ४७८.३८ बिन्दुमा पुगेको छ । यस दिन सेन्सिटिभ परिसूचक ०.१४ अकंले बढेर २६७३.८३ बिन्दुमा पुगेको छ ।

यस दिन कारोबारमा आएका १३ ओटा समूहको परिसूचक मध्ये अन्य, व्यापार, होटेल्स तथा पर्यटन, जीवन बीमा, लघुवित्त, विकास बैंकको बैंकिङका सूचक घटेका छन् । निर्जीवन बीमा, जलविद्युत् इन्भेष्टमेन्ट,म्युचुअल फण्ड, वित्त समूह,उत्पादन तथा प्रशोधन, समूहको सबै परिसूचक बढेका छन् ।

यस दिन २ सय १५ कम्पनीका १ करोड ४८ लाख ५४ हजार कित्ता सेयर ५ अर्ब ३२ करोड ६० लाख ५२ हजार रुपैयाँमा खरिदबिक्री भएको छ ।

नारायणी डेभलपमेन्ट बैंक बजारमा सर्वाधिक कमाई गरी पहिलो स्थानमा छ । दोस्रो स्थानमा अखु खोला जलबिद्युत कम्पनी रहेको छ ।

नारायणी डेभलपमेन्ट बैंक, अखु खोला जलबिद्युत कम्पनी र बोर्टलस नेपाल तराई कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।

 



प्रतिक्रिया दिनुहोस !