७ बैशाख २०८१, शुक्रबार

कहिले होला सिईडिबी हाइड्रोपावरको आईपीओ बाँडफाँड ?



 

काठमाडौं । सिईडिबी हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ अर्को साता मात्र बाँडफाँड हुने भएको छ ।

निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडका अनुसार कोरोना संक्रमणका कारण डाटा भेरीफाई गर्न ढिलाइ भएको हुनाले अर्को साता मात्र बाँडफाँड हुने भएको हो ।

कम्पनीको आईपीओमा अन्तिम दिनसम्ममा १७ लाख ३६ हजार ७ सय जना आवेदकबाट २ करोड ६३ लाख ४५ हजार ५ सय कित्ताका लागि आवेदन परेको छ । यो सर्वसाधारका लागि छुट्याइएको २३ लाख ४१ हजार ९ सय ५४ कित्ता भन्दा ११.२५ गुणा बढी आवेदन हो । यस अन्तिम तथ्यांकलाई हेर्दा २ लाख ३४ हजार १९५ जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्नेछन् भने बाँकी १५ लाख २ हजार ५ सय भन्दा धेरै जना आवेदक भने आईपीओ पाउनबाट वञ्चित हुनेछन् ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका कूल २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको २५ लाख १८ हजार २३० कित्ता आईपीओ निष्कासन गरेको हो । जसमध्ये २ प्रतिशतले हुन आउने ५० हजार ३६५ कित्ता सेयर कर्मचारीका लागि, ५ प्रतिशतले हुन आउने १ लाख २५ हजार ९११ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र बाँकी २३ लाख ४१ हजार ९५४ कित्तामा सर्वसाधारणको लागि छुट्याइएको थियो ।

 

 



प्रतिक्रिया दिनुहोस !