नेता चौलागाईंको शोकमा नेकपा एमालेले पार्टी कार्यालयको झण्डा तीन दिनसम्म झुकाउने
चितवन । नेता चौलागाईंको शोकमा नेकपा एमालेले पार्टी कार्यालयको झण्डा तीन दिनसम्म झुकाउने भएको छ । कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार एमाले नेता एवं बागमती प्रदेश सभा सदस्य पशुपति चौलागाईंको निधनमा शोक झण्डा झुकाउने भएको हो ।
नेता चौलागाईंको शोकमा ३ दिन शोक पुस्तिका राख्ने र पार्टी कार्यालय थापाथलीमा गएर श्रद्धान्जली दिने व्यवस्था गरेको छ। यस्तै पार्टीका जिल्ला कार्यालयहरुमा पनि ३ गतेसम्म आधा झण्डा झुकाउने भएको छ।