१५ चैत्र २०८०, बिहीबार

आज घट्यो सुनको मूल्‍य



 

कठमाडौं । नेपाली बजारमा आज सुनको मूल्‍य तोलामा तीन सय रुपैयाँले घटेको छ ।

मंगलबार ९२ हजार तीन सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्‍य आज ९२ हजार रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजाबी सुनको मूल्‍य ९१ हजार पाँच सय रुपैयाँमा झरेको छ ।

आज चाँदीको मूल्‍य भने स्थिर रहेको छ । चाँदीको मूल्‍य प्रतितोला एक हजार तीन सय ४५ रुपैयाँमा रहेको महासंघले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस !