११ बैशाख २०८१, मंगलवार

आज देशका केही स्थानमा भारी वर्षा हुने



 

काठमाडौं । आज देशका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ । प्रदेश नम्बर–१, प्रदेश नम्बर–२, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल देशका सुदूरपश्चिम प्रदेश, वाग्मती र प्रदेश–१ का केही भू–भागमा आंशिकदेखि सामान्य बदली रहेने छ । बाँकी भू–भागहरुमा सामान्यदेखि पूर्ण बदली रहेको छ ।

आज दिउँसो प्रदेश–१, प्रदेश–२ लगायत अन्य पहाडी भू–भागहरुमा सामान्यदेखि पूर्ण बदली रहनेछ । बाँकी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ । देशका केही स्थानहरुमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !