६ बैशाख २०८१, बिहीबार

युवतीमाथि चक्कु प्रहार गरी लुटपाट गर्ने पक्राउ



 

काठमाडौं । काठमाडौंको बुढानिलकण्ठमा एक युवतीमाथि चक्कु प्रहार गरी लुटपाट गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कञ्चनपुर घर भइ काठमाडौं भंगाल बस्ने ३६ वर्षीय सन्तोष बिष्ट रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनले बुढानिलकण्ठको बालुवाखानी साप्रेढुङ्गा नजिक रेमिट संचालन गरी बस्ने एक २० वर्षीया युवतीलाई चक्कु प्रहार गरी नगद १ लाख ४ हजार ९ सय ४० रुपैयाँ लुटपाट गरेका थिए ।

चक्कु प्रहारबाट घाइते भएकी उनलाई उपचारका लागि भंगाल करुणा अस्पताल पठाइएको र अवस्था सामान्य रहेको छ ।



प्रतिक्रिया दिनुहोस !