२ जेष्ठ २०८१, बुधबार

पछिल्लो २४ घन्टामा कोरोनाबाट बुटवलमा यति धेरै जनाले गुमाए



बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोना संक्रमणबाट सोमबार बेलुका यता १३ जनाको मृत्यु भएको छ । मृत्यु भएकाहरु प्रादेशीक अस्पतालको इमरजेन्सी र कोरोना विशेष अस्पतालको आइसियुमा उपचाररत हुन्।

मृत्यु भएका मध्ये ८ जना रुपन्देहीका छन्। बुटवलको वडा नम्बर १७ का ७८ वर्षिय पुरुष, वडा नम्बर ११ का ३६ वर्षिय पुरुष र ४२ वर्षिय पुरुष, वडा नम्बर १२ का ६३ वर्षिय पुरुषको मृत्यु भएको छ । सैनामैना ३ का ४२ वर्षिय पुरुष र सैनामैना १० का ४९ वर्षिय पुरुषको पनि कोरोना संक्रमणबाट ज्यान गएको छ । कञ्चन गाउँपालिका ४ कि ३६ वर्षिय महिला र लुम्बिनी सांस्कृतीक नगरपालिका १ की ५१ व्र्षिया महिलाको पनि उपचारको क्रममा मृत्यु भएको छ ।

कोरोना संक्रमणबाट मृत्यु हुने अन्यमा ३ जना कपिलिबस्तुका र एक एक जना पश्चिम नवलपरासी र प्युठानका रहेका छन्।
प्रदेशिक अस्पताल र कोभिड अस्पतालमा उपचाररत कपिलबस्तु बुद्धभूमिका १ का ४० वर्षिय पुरुष, बुद्धभूमि २ का ४० वर्षिय पुरुष र सिवराज नगरपालिका ७ का ३३ वर्षिय पुरुषको उपचारको क्रममा मृत्यु भएको छ ।

पश्चिम नवलपरासी सुनवल १० का ५९ वर्षिय पुरुष र प्युठानको गौमुखी ७का ५० वर्षिय पुरुषको मृत्यु भएको हो । उनीहरु सबैजसोमा ज्वरो र श्वासप्रवासको समस्या देखीएको लुम्बिनी प्रादेशीक अस्पतालका सुचना अधिकारी डा। विष्णु गौतमले जानकारी दिए ।

 



प्रतिक्रिया दिनुहोस !