प्रचण्ड भन्छन् सरकार कोभिड नियन्त्रण गर्न असफल भयो
चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोरोना भाइरस नियन्त्रणका लागि सबै एक भएर लाग्नुपर्ने बताएका छन् ।
केटिबी एड्भरटाइजिङ एजेन्सी, चितवनले प्रकाशित गरेको कोभिड–१९ विशेष बिजनेश म्यागाजिनको मंगलबार भर्चुअल माध्यमबाट विमोचन गर्दै उनले सबै क्षेत्र कोभिडविरुद्ध जुट्नुपर्ने बेला आएको बताएका छन् ।
उनले सरकार अहिले कोभिड नियन्त्रणमा असफल भएको आरोप लगाएका छन् । उनले भने, ‘अब बन्ने नयाँ सरकारले विगतका सरकारका कमजोरीलाई सुधार गर्दै कोभिड नियन्त्रणमा लाग्नुपर्ने देखिन्छ ।’
सरकारकै कारण कोभिड नियन्त्रण बाहिर जान लागेको समेत आरोप लगाएका छन् ।