२८ बैशाख २०८१, शुक्रबार

आज बढ्यो सुनको मूल्य



 

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

आइतबार प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २०० रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार रूपैयाँ कायम भएको महासङ्घले जनाएको छ । त्यस्तै तेजाबी सुनको मूल्य ९१ हजार ५०० रुपैयाँ रहेको छ ।

चाँदीको मूल्य पनि आज बढेको छ । चाँदीको मूल्य आज प्रतितोला १५ रूपैयाँले बढेर १ हजार ३६० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस !