२८ बैशाख २०८१, शुक्रबार

आज सुनको मुल्यमा बृद्धि



 

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य बृद्धि भएको छ भने चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा एक सय रुपैयाँ बढेर ९१ हजार ८०० रुपैयाँ पुगेको जनाएको छ ।

सोही परिमाणको तेजावी सुनको भाउ प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार हुनेछ ।

यता, चाँदीको भाउ भने सामान्य घटेको छ । यसअघि प्रतितोला एक हजार ३५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य पाँच रुपैयाँले बढेर एक हजार ३४५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस !