२८ बैशाख २०८१, शुक्रबार

हिमालयन हाइड्रोपावर कम्पनीले कति आईपीओ निष्कासन गर्दै ?



 

काठमाडौं । हिमालयन हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ ।

लिमिटेडले २२ करोड बराबरको २२ लाख कित्ता आईपीओ निष्कासन गर्ने लागेको हो । आईपीओ निष्कासन गर्न कम्पनीले आईपीओको रेटिङ पनि सम्पन्न गरेको छ ।

कम्पनीको आईपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘एनपी आइआर बीबी प्लस’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेको संकेत गर्दछ ।

हिमालयन हाइड्रोपावरले कास्की जिल्लामा ११.८८ मेगावटको नमर्जुन मादी हाइड्रोपावर प्रजेक्ट निर्माण गरिरहेको छ । यसको कुल लागत २ अर्ब २७ करोड ३० लाख रुपैयाँ रहेको छ ।

प्रतिमेगावट लागत १९ करोड १० लाख रुपैयाँ छ । हाल कम्पनीको चुक्ता पुँजी ६६ करोड ४० लाख रुपैयाँ रहेको छ ।



प्रतिक्रिया दिनुहोस !