देउवा भेट्न महन्थ र राजेन्द्र किन पुगे बूढानीलकण्ठ ?
काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर तथा वरिष्ठ नेता राजेन्द्र महतो काँग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका छन् ।
प्रधानमन्त्री केपी शर्मा अोलीले भोलि सदनमा लिने विश्वासको मतका समर्थन जुटाउन ठाकुर महतो समेतलाई लिएर बूढानीलकण्ठ पुगेको जसपा पार्टीका एक नेताले जानकारी दिएका छन् । प्रधानमन्त्री ओलीको विश्वास मतको पक्षमा रहेका अध्यक्ष ठाकुर रहेका छन् ।
तर जसपा नेपालमै भने प्रधानमन्त्री ओलीको विश्वासको मतको बारेमा पार्टीमा दुईटा धार छ । जसपा नेपालका अर्का अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री ओलीको विपक्षमा छन् भने अध्यक्ष महन्थ ठाकुर पक्षमा छन् ।