किन संवैधानिक परिषद्को बैठकमा सदस्यहरुलाई सहभागी नहुन प्रचण्डले आग्रह गरे ?
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आइतबारका लागि बोलाईएको संवैधानिक परिषद्को बैठकमा नजान परिषद्का सदस्यहरुलाई आग्रह गरेका छन् ।
प्रचण्डले शनिबार एक वक्तव्य जारी गर्दै यस्तो बताएका हुन् । परिषद्को आइतबारको बैठक स्थगित गर्न पनि दाहालले प्रधानमन्त्री ओलीलाई सुझाव दिएका छन् ।
प्रधानमन्त्री तथा परिषद् अध्यक्ष ओलीले आइतबार बिहान ९ बजेका लागि बैठक बोलाएका छन् । दाहालले शनिबार विज्ञप्ति जारी गर्दै संवैधानिक संरचनाको गरिमा समाप्त पार्ने मनसायले बैठक बोलाएको उल्लेख गरेका छन् । प्रमुख प्रतिपक्षी दल र सभामुख सहभागी नभएको संवैधानिक परिषद्को बैठकमा अन्य सदस्यहरूलाई पनि भाग नलिन उनले आग्रह गरेका छन् ।