२ जेष्ठ २०८१, बुधबार

चितवनमा कोरोना संक्रमितको संख्या हालसम्मकै उच्च, एकै दिन थप ३९२ जनामा संक्रमण



 

पर्सा । आज एकै दिन चितवनमा थप ३९२ जनामा कोरोना संक्रमण देखिएको हो । यो तथ्यांक हालसम्मकै उच्च हो ।

आज कोरोना संक्रमण हुनेहरुमा भरतपुर महानगरपालिकाका ३२०, रत्ननगरमा २९, खैरहनी नगरपालिकामा ११, राप्तीमा १२, माडीमा १४ र कालिकामा ६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । योसँगै चितवनमा जम्मा संक्रमितको संख्या ९ हजार ४८४ जना पुगेको छ भने १३७ जनाले ज्यान गुमाएका छन् ।



प्रतिक्रिया दिनुहोस !