३ पुष २०८१, बुधबार

किन बोलाए प्रधानमन्त्री ओलीले आकस्मिक मन्त्रिपरिषद्‌को बैठक ?



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ५ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । सोमबार र बिहीबार नियमित बस्ने बैठक प्रधानमन्त्री ओलीले आज साँझलाई नै आकस्मिक रुपमा बोलाएका छन् ।

समसामयिक राजनीतिक घटनाक्रम र कोभिड महामारी नियन्त्रण लगायतका विषयबस्तुमाथि छलफल गर्न बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए। ओलीले आइतबार संवैधानिक परिषद्को‌ बैठक पनि डाकेका छन् ।

 



प्रतिक्रिया दिनुहोस !