१ जेष्ठ २०८१, मंगलवार

शुक्रबार सुनको मूल्यमा उच्च वृद्धि, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य १ हजार १ सयले वृद्धि भएको छ। बिहीबार सुन तोलाको ९० हजार ६ सय कायम भएको थियो। आज तोलामा ११ सयले बढ्दै प्रतितोला ९१ हजार ७ सय भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

आज तेजावी सुन प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसैगरी, आज चाँदीमा पनि तोलाको ३५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ३ सय ५० रुपैयाँमा किनबेच भएको महासंघले जनाएको छ।

 



प्रतिक्रिया दिनुहोस !