१५ चैत्र २०८०, बिहीबार

आज २०७८ वैशाख २४ गते शुक्रबारको राशिफल



आज २०७८ वैशाख २४ गते शुक्रबारको राशिफल  । ज्योतिष शास्त्र अनुसार आज तपाइको फलादेश यस्तो छ ।

मेष

आज साना–तिना समस्याले सताउला पारिवारीक खटपट बढ्न सक्नेछ । बोलीविपरीतको अर्थ लाग्न सक्छ । खर्च बढ्ने योग छ । वैचारिक मतभेद सिर्जना हुनसक्छ ।

वृष

आज शरीर भारी र आलस्य होला । श्रमको उचित मुल्याङ्कन भएपनि सानातिना झैझमेलामा फस्नु पर्ला । प्रेम सम्बन्ध मध्यम रहनेछ । मानसिक चिन्ता बढ्नेछ ।

मिथुन

पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । आफन्तसँग भेट हुनेछ । आर्थिक पक्ष मजबुद बन्नेछ । स्वास्थ्य सुधारोन्मुख हुनेछ।आत्मविश्वास बढ्नेछ । सामाजिक दायित्व बढ्नेछ ।

कर्कट

साथीभाइको भेटघाटले मन प्रफुल्ल रहला । आर्थिक लाभ रहला । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । तर महत्वपूर्ण योजना गोप्य नराखे नजिकका व्यक्तिबाट वाधा आइपर्ला । श्रमको उचित मूल्याङ्कन हुनेछ ।

सिंह

दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । आँटेको र ताकेको कार्य पूरा होला । न्यायीक क्षेत्रमा सफलता मिल्ला । प्रेम सम्बन्ध कसिलो बन्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ ।

कन्या

नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । लगानी गर्नु उपलब्धीमूलक नहोला । अतिथीको सेवा होला । अनावश्यक ठाउँमा धन खर्च हुनेछ ।

तुला

नोकरी तथा व्यवसायको क्षेत्रमा पदोन्नतीको योग छ । आकस्मिक धन लाभ होला । शत्रु कमजोर हुनेछन् । जोश जाँगर र हिम्मत बढ्नेछ । अग्रजको आशिर्वाद रहनेछ ।

वृश्चिक

कार्य शिद्धिको योगछ । मनमा उत्साहका साथै बोली विक्ने समय छ । शुभकार्यको चर्चा चल्नेछ । कला, साहित्य तथा सँगीतमा रुचि बढ्नेछ ।

धनु

शैक्षिक क्षेत्रको काम सोचे अनुरूपले नबढ्नाले दिग्दारी महसुस हुन सक्छ । असीमित धन खर्चले चिन्ता बढाउनेछ । योजना अनुरूपको काम नहुन सक्छ । पूरानो स्वास्थ्य समस्या बल्झिन सक्छ।

मकर

चिताएको कामले तीव्रता लिनेछ । गरेको कार्यमा सफलता पाईनेछ । पुनर्मिलनको योग रहेको छ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ ।

कुम्भ

आज जोश जाँगर र हिम्मत बढ्नेछ । शैक्षिक क्षेत्र अब्बल रहनेछ । सन्तान सुख मिल्नेछ । सेयरबजार र भूमी सम्बन्धीको कारोबारबाट अधिक लाभ मिल्न सक्छ ।

मीन

आजबाट चिताएको कामले तीव्रता लिनेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । शुभ समाचार सुन्नमा आउला । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ ।

 



प्रतिक्रिया दिनुहोस !