आज बसेको मन्त्रिपरिषद् बैठकमा के-के भयो निर्णय ?
काठमाडौं । आज बसेको मन्त्रिपरिषद्को बैठकमा राजनीतिक विषय बाहेक विशुद्ध कोभिड–१९ मा छलफल भएको बताईएको छ । बैठकमा अक्सिजन आपूर्तिलाई व्यवस्थित गर्नेबारे छलफल भएको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।
आजको बैठक मूलतः कोभिड रोकथाम, नियन्त्रणमै केन्द्रित रह्यो । खासगरी अक्सिजन आपूर्तिलाई कसरी सहज, व्यस्थित बनाउने भन्नेबारे छलफल भएको ज्ञवालीले जानकारी दिए ।
लुकाइएको सिलिन्डर खोजी गर्ने, त्यसको न्यायोचित वितरण गर्नेबारे छलफल भयो । आजको बैठकले नचलेको अक्सिजन प्लान्ट सञ्चालनमा ल्याउनेबारे पनि छलफल गरेको उनको भनाइ थियो ।