३ पुष २०८१, बुधबार

सकियो नेकपा एमालेको आकस्मिक बैठक, यस्तो भयो निर्णय



काठमाडौं । नेकपा (एमाले) स्थायी कमिटीको आकस्मिक बैठक भर्खरै सकिएको छ ।।

बालुवाटारमा बसेको स्थायी कमिटी बैठकमा आगामी जेठ ६ गते हुने बागमती प्रदेशको राष्ट्रियसभा सभा उपनिर्वाचनबारे छलफल भएको जनाएको छ ।

जेठ ६ गते हुन गइरहेको बागमती प्रदेशबाट निर्वाचित हुने एक जना राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका बारेमा छलफल गरेको र यो निर्वाचनमा नेकपा एमाले जिताउने तयारीका लागि विभिन्न सुझावहरु आएका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

यस्तै वैशाख २७ गते प्रधानमन्त्री ओलीले लिने विश्वासको मतका सन्दर्भमा अन्य दलसँगको छलफललाई निरन्तरता दिने निर्णय पनि बैठकले गरेको छ।

 



प्रतिक्रिया दिनुहोस !