१८ बैशाख २०८१, मंगलवार

नेपालमा एकैदिन ८ हजार ६५९ जना कोरोना संक्रमण, ५८ जनाको मृत्यु



 

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ७५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ८ हजार ६०५ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ५४ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

२० हजार ७५६ जनाको पीसीआर र ६१६ को एन्टिजेन विधिबाट गरिएको परीक्षणमा सो संख्यामा संक्रमित भेटिएका हुन् ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ५८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार ७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

 



प्रतिक्रिया दिनुहोस !