६ जेष्ठ २०८१, आईतवार

आज ५ अंकले घट्यो नेप्से



काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक आज ५ दशमलव ०९ अंकले घटेर २ हजार ६ सय ४९ दशमलव ६० अंकमा झरेको छ । त्यस्तै क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.६३ अंकले घटेको छ ।

कारोबार रकम ६ अर्ब नाघेको छ । दिनभर भएका ७८ हजार ७ सय ७१ कारोबारबाट १ करोड ४८ लाख ६७ हजार ९ सय ९५ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ६ अर्ब २१ करोड ६८ लाख १४ हजार ३ सय १३ रुपैयाँ पुगेको छ ।

लगातार मूल्य बढिरहेको विशाल बजार कम्पनी र महिला लघुवित्तको सेयर मूल्य आज पनि करिब १० प्रतिशतले बढेको छ । त्यस्तै अर्को रैराङ हाइड्रोपावरको सेयर मूल्य पनि आज १० प्रतिशतले बढेको छ ।



प्रतिक्रिया दिनुहोस !