११ बैशाख २०८१, मंगलवार

कोरोना संक्रमणका कारण बाँकेमा थप ४ जना मृत्यु



 

चितवन । सोमबार राति र मंगलबार बिहान गरी कोहलपुर स्थित नेपालगञ्ज मेडिकल कलेजमा थप ४ जनाको मृत्यु भएको छ । बाँकेका कोरोना सम्पर्क व्यक्ति तेज वलीका अनुसार एक महिलासहित ४ जना कोरोना सं‌क्रमितको मृत्यु भएको हो ।

मृत्यु हुनेमा बर्दगोरिया ६ कैलालीका ८० वर्षीय पुरुष छन् । उनलाई वैशाख १४ गते कोरोना संक्रमण पुष्टि भएपछि १५ गते अस्पताल भर्ना गरिएको थियो । उनको सोमबार राति ११ः५० मा निधन भएको हो ।

त्यस्तै, नेपालगन्ज उमनपा १० स्थायी वासिन्दा ७० वर्षीया वृद्धको सोमबार राति ११ः४० मा मृत्यु भएको छ । वैशाख १८ गते अस्पताल भर्ना भएका उनको १७ गते पीसीआर परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको थियो ।

धनगढी १८ कैलालीका ५५ वर्षीय पुरुषको पनि मंगलबार मृत्यु भएको छ । उनी वैशाख १९ गते कोरोना पुष्टि भएपछि २० गते अस्पताल भर्ना भएका थिए ।

 

 



प्रतिक्रिया दिनुहोस !