७ बैशाख २०८१, शुक्रबार

आज दोहोरो अंकले घट्यो नेप्से



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको दोस्रो दिन सोमबार दोहोरो अंकले घटेको छ । हिजो आइतबार नेप्से ५४ अंकले बढेर दुई हजार छ सय ६५ दशमलब ११ विन्दुमा पुगेको थियो ।

आज नेप्से १२३६ अंकले घटेर दुई हजार छ सय ५२ दशमलब ७५ विन्दुमा थामिएको छ । भने, आज ७ अर्ब ५२ करोड ९२ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका समूहमध्ये दुई वटा समूह बढेका छन् भने अन्य सबै समूह घटेका छन् ।

त्यस्तै, आज सात कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । बृद्धि हुने कम्पनीहरुमा बिशाल बजार कम्पनी, महिला लघुवित्त वित्तिय संस्था, सिंगटी हाइड्रो इनर्जी कम्पनी, ङादी ग्रप पावर लिमिटेड, नेशनल माइक्रोफाइनान्स वित्तिय संस्था, रु रु जलविद्युत परियोजना र युनाइटेड मोदी हाइड्रोपावर कम्पनी रहेका छन् ।

 



प्रतिक्रिया दिनुहोस !