५ जेष्ठ २०८१, शनिबार

आज बढ्यो सुनको मूल्य



 

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्यमा बढेको छ । हिजो आइतबार प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलामा ४०० रुपैयाँले बढेर प्रतितोला ९० हजार ४०० रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज तेजाबी सुनको मूल्य ८९ हजार ९०० सय रपैयाँ रहेको । चाँदीको मूल्य पनि बढेको छ । हिजो प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५रुपैयाँले बढेको छ ।

आज चाँदीको मूल्य प्रतितोला १३ सय रुपैयाँ कायम भइ कारोबार भइरहेको महासङ्घले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !