२० बैशाख २०८१, बिहीबार

काठमाडौंको निषेधाज्ञा आजदेखि थप कडाइ



 

काठमाडौं । उपत्यकामा लगाएको निशेधाज्ञा आजदेखि थप कडाइ गर्ने भएको छ। सडकमा सवारी साधन र नागरिकको आवतजावत नघटेको भन्‍दै प्रशासनले थप कडाइ गर्ने तयारी गरेको हो।

त्यस्तै कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले निषेधाज्ञाको समयमा सवारी चापलाई कम गर्न बैंक तथा वित्तीय संस्थाहरुका एक चौथाइ शाखाहरु मात्रै सञ्‍चालन गर्न दिने निर्णय गरेको छ। त्यसमा पनि एक चौथाइ कर्मचारी राख्‍नु पर्ने र त्यसको पनि सहजीकरण नेपाल राष्ट्र बैंक गर्नुपर्ने भनिएको छ ।

त्यस्तै सरकारी कार्यालयमा पनि एक चौथाइ मात्रै कर्मचारी राखेर सञ्‍चालन गर्न भनिएको छ।



प्रतिक्रिया दिनुहोस !