४ जेष्ठ २०८१, शुक्रबार

नेपालमा एकैदिन ५ हजार ७२७ कोरोना संक्रमित, ९२८ जना संक्रमणमुक्त



 

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ७२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ५ हजार ७५७ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ७० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका हुन् ।

१५ हजार ३९१ जनाको पीसीआर र ५२५ को एन्टिजेन विधिबाट गरिएको परीक्षणमा सो संख्यामा संक्रमित भेटिएका हुन् । योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ३ लाख २३ हजार १८७ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ९२८ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररत उनीहरु संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ८१ हजार ९५ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस !