२० बैशाख २०८१, बिहीबार

रुपन्देहीमा निषेधाज्ञा उल्लंघनको आरोपमा तीन जनालाई एक महिना जेल



 

बुटवल । रुपन्देहीमा निषेधाज्ञा उल्लंघन गरेको आरोपमा प्रहरीले तीन जनालाई एक महिनाका लागि कारागार चलान गरेको जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट जारी भएको निषेधाज्ञाको अवज्ञा र प्रहरीसँग विवाद गरेको भन्दै प्रहरीले ८ जनालाई नियन्त्रणमा लिइएको थियो । नियन्त्रणमा प्रतिव्यक्ति नौ हजार एक सय रुपैयाँ जरिवाना तिर्न नसकेका तीनजना कारागार चलान गरिएको हो।

कारागार चलान भएकाहरुमा रुपन्देहीको मायादेवी गाउँपालिका–४का २७ वर्षीय दिनेश यादव, सिद्धार्थनगर नगरपालिका–८ का २८ वर्षीय श्याम दुबे र मायादेवी–२ का ३४ वर्षीय महेन्द्र कोहार रहेका जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपीले जानकारी दिएका छन् ।



प्रतिक्रिया दिनुहोस !