३ जेष्ठ २०८१, बिहीबार

ह्वात्तै बढ्यो उपत्यका बाहिरिने मानिसको संख्या, दुई दिनमा एक लाख बाहिरिए



 

काठमाडौ । सरकारले दुई साताको लागि उपत्यकामा निषेधाज्ञा जारी गरेपछि उपत्यकाबाट बाहिरिनेको भिड लागेको छ।

कोरोना संकट न्यूनीकरण गर्न सरकारले निषेधाज्ञा जारी गरेपछि २ दिनमा १ लाख मानिस काठमाडौंबाट बाहिरिएका छन् ।

उपत्यकाबाट मंगलबार मात्र ५१ हजारले उपत्यका छोडेको महानगरीय ट्राफिक महाशाखाको तथ्यांकमा रहेको छ। नागढुंगा नाकाबाट मात्र ४५ हजार ७ सय ७५, फर्पिङबाट ४५, भक्तपुर तथा मुड्कुबाट ६ हजार ३ सय ६० जना बाहिरिएका हुन्।

यस्तै, सोमबार ५० हजारले उपत्यका छाडेका थिए। उपत्यकामा कोरोना संक्रमण बढेसँगै १० गतेबाट नै उपत्यका छोड्नेहरू बढेका थिए।



प्रतिक्रिया दिनुहोस !