१६ चैत्र २०८०, शुक्रबार

देशभरका सबै स्कुल बन्द गर्ने मन्त्रिपरिषदको निर्णय



 

काठमाडौं । सरकारले देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले कोभिड-१९ संकट व्यवस्तथापन केन्द्र (सीसीएमसी)को सिफारिस अनुसार निर्णय गरेको जनाएको छ।

विद्यालय तथा शिक्षण संस्थाहरुले भर्चुअल तथा वैकिल्पक विधिबाट पठनपाठन गर्नुपर्ने निर्णय गरेको छ ।

बैठकले पहाडी तथा हिमाली जिल्लामा २०० र उपत्यकाका साथै तराई(मधेस तथा हकमा ५०० बढी संक्रिय संक्रमित भएका जिल्लामा स्थानीय प्रशासनले वैशाख १६ गतेबाट निषेधाज्ञा जारी गर्न सक्ने निर्णय पनि गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले अन्तराष्ट्रिय तथा अन्तरिक हवाई उडान भने तत्काल नरोक्ने निर्णय गरेको छ ।



प्रतिक्रिया दिनुहोस !