६ जेष्ठ २०८१, आईतवार

गण्डकी प्रदेशसभामा मुख्यमन्त्री गुरुङ विरुद्ध अविश्वासको प्रस्ताव पेश, लगाइयो यस्तो आरोप



 

काठमाडौं । गण्डकी प्रदेशसभाको विशेष अधिवेशनको पहिलो बैठकमा नेपाली काँग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव पेश गरेका छन् ।

सोमबार दिउँसो बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले मुख्यमन्त्री गुरुङले प्रतिगमनको पक्षमा वकालत गरेको र प्रतिगमनलाई साथ दिँदै आएको आरोप लगाएका छन् ।

मुख्यमन्त्री गुरुङले प्रदेशसभाको रोष्टममै उभिएर वीपी कोइराला नेतृत्वको सरकारले दुई तिहाई हुँदा हुँदै संसद विघटन गरेको, गिरिजाप्रसाद कोइरालाले बहुमत हुँदा हुँदै प्रतिनिधिसभा विघटन गरेको तर्क गरेकोमा पोखरेलले आपत्ति जनाए । त्यो कुरालाई अहिलेको सन्दर्भमा जोड्नु उचित होइन,’ उनले भने, ‘गिरिजाप्रसाद कोइरालाले विघटन गर्दा संविधानले प्रधानमन्त्रीलाई विशेषाधिकार दिएको थियो ।

केन्द्रीय सरकारले गण्डकी प्रदेश सरकारलाई असंवैधानिक कदम चाल्ने मतियारको आरोपसमेत लगाए । प्रदेश सरकारको यो भूमिका गण्डकी प्रदेशका जनताको भावना प्रतिकुल रहेको उनले बताए ।

 

 



प्रतिक्रिया दिनुहोस !