२० बैशाख २०८१, बिहीबार

काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा, यातायात पनि बन्द



काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा लाग्ने भएको जनाएको छ ।

सोमबार काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने, खाद्यपदार्थ र औषधी पसलबाहेकका अरु पसल बन्द गर्ने निर्णय गरेको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

वैशाख १६ गतेदेखि सार्वजनिक र निजी यातायात पनि बन्द गर्ने स्रोतको भनाइ छ । होटल तथा रेष्टुरेन्टले पनि टेक अवे सेवा मात्र दिन पाउने निर्णय भएको जनाएको छ ।

सरकारले अत्यावश्यक भनी तोकेका क्षेत्रका कर्मचारीलाई भने पास र सम्बन्धित कार्यालयको परिचयपत्रका अनुसार आवतजावत गर्न दिइने विषयमा पनि छलफल भएको छ ।

 



प्रतिक्रिया दिनुहोस !