२४ बैशाख २०८१, सोमबार

लकडाउनबारे निर्णय गर्न प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक



 

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आज साँझ पाँच बजे मन्त्रिपरिषदको बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक बस्ने जनाएको छ ।

आजको बैठक कोरोना महामारीको दोस्रो लहर तीव्र गतिमा फैलिएपछि त्यसको रोकथाम र नियन्त्रणमा बैठक केन्द्रित हुने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । आइतबार बसेको कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कम्तीमा तीन साता देशभर लकडाउन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गरेको छ । यस विषयमा आजको बैठकले निर्णय लिनेछ ।

सीसीएमसी बैठकले लकडाउन गर्नुपर्ने र त्यो नभए निषेधाज्ञामा जानुपर्ने सुझाएको थियो ।



प्रतिक्रिया दिनुहोस !