१ जेष्ठ २०८१, मंगलवार

सोमबारदेखि सबै परीक्षा स्थगित गर्न सीसीएमसीले गर्यो सिफारिश



 

काठमाडौं । सोमबारदेखिका सबै परीक्षा स्थगित गर्न कोभिड-१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले सिफारिश गरेको छ ।

आइतबार बसेको बैठकले सोमबारदेखि हुने सबै तहका परीक्षा स्थगित गर्न सिफारिश गरेको सीसीएमसी स्रोतले जानकारी दिएको छ । यो सिफारिश अनुसार अब विद्यालय र क्याम्पसका सबै परीक्षाहरु स्थगित हुनेछन् ।

यसअघि मन्त्रिपरिषद बैठकले चालु रहेको परीक्षा नरोक्ने निर्णय गरेको थियो । तर परीक्षाका नाममा भीडभाड भएको र कक्षा सञ्चालन भएको भन्दै सीसीएमसीले सबै परीक्षा रोक्ने निर्णय गरेको स्रोतको भनाइ छ ।

भौतिक रुपमा उपस्थित भएर सञ्चालन गरिने परीक्षाहरु अर्को सूचना नआउञ्जेलसम्मका लागि स्थगन गर्नुपर्ने भन्दै सिफारिस गरिएको जानकारी दिए ।

त्यसैगरी बैठकले भोलिदेखि शुरु हुने विद्यालय तहका सबै परीक्षा पनि स्थगित गर्न सिफारिस गरेको उनले बताए ।

 

 

 



प्रतिक्रिया दिनुहोस !