२ जेष्ठ २०८१, बुधबार

फेकनको सक्रियतामा १ सय २५ जनाले लगाए कोरोना खोप



 

काठमाडौं । कन्सल्टेन्सी व्यावसायीको छाता संगठन स्वतन्त्र शैक्षिक परामर्श संघ (फेकन) नेपालको अग्रसरतामा फेकनका पदाधिकारी, कार्यसमिति सदस्य र फेकन सदस्यले शनिबार कोरोविरुद्धको खोप लगाएका छन् ।

फेकनका केन्द्रीय सदस्य तथा सूचना विभागका प्रमुख इन्द्रजीत गौतमका अनुसार हिमाल हस्पिटल ज्ञानेश्वरमा खोप लगाइएको हो । १ सय २५ जनाले खोप लगाइएको उनले जनाए । चीनबाट ल्याइएको भेरोसेल खोप लगाएका उनले कोरोनाबाट आफू पनि सचेत रहन र अरुलाई पनि जिम्मेवार भएर दैनिकी सञ्चालन गर्न आग्रह गरेका छन् ।

खोप लगाउनका लागि सहयोग र सहकार्य गर्नेहरुप्रति गौतमले धन्यवाद दिएका छन् । उनले हिमाल हस्पिटलका नविन सुव्वा, विश्व स्वास्थ्य संगठन (डब्लूएच्ओ) का पवन उपाध्याया र बिनोदकुमार खड्काले खोप लगाउनका लागि विशेष समन्वय गरेको जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !