६ जेष्ठ २०८१, आईतवार

आज एकै दिन नेपालमा ३१२२ जनामा कोरोना संक्रमण , १६ जनाको मृत्यु



 

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार भन्दा धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

आज पछिल्लो २४ घण्टामा ३ हजार १२२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार २९२ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ३२ जनामा संक्रमण पुष्टि भएको छ भने ७८६ जनाको एन्टिजेन परीक्षण गर्दा ९० जना संक्रमण पुष्टि भएको हो ।

काठमाडौं जिल्लामा ११३२ जना, ललितपुरमा २७० र भक्तपुरमा ९६ जना संक्रमित भएको मन्त्रालयले जनाएको छ ।

यस्तै हाल भेन्टिलेटरमा ६५ जना रहेको जनाएको छ। चिकित्सकहरुले बेलायती भेरिअन्टको भाइरस तिब्र रुपमा फैलिएको भन्दै स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न आग्रह गरेका छन्।

 

 



प्रतिक्रिया दिनुहोस !