२ जेष्ठ २०८१, बुधबार

अक्षयकुमारले कोरोना पीडितका लागी एक करोड सहयोग गर्ने



 

काठमाडौं । बलिउड अभिनेता अक्षयकुमारले कोरोना पीडितका लागि एक करोड सहयोग गर्ने छन् । उनले कोरोना पीडितका लागि एक करोड दिने बचन दिएको क्रिकेटर तथा पूर्वी दिल्लीका सांसद गौतम गम्भीरले बताए । उनले खाना, औषधी र अक्सिजनका लागि उक्त रकम दिने भएका हुन् ।

गौतमले ट्वीटमार्फत अक्षयकुमारको सहयोगको बारेमा जानकारी गराएका छन् । ‘दुःखद समयमा हरेक एकको मद्दत आशाको किरण जस्तै हो । अक्षयकुमारलाई पनि धन्यवाद भन्न चाहान्छु । उनले आवश्यक मानिसको खाना, औषधी र अक्सिजनका लागि गौतम गम्भिर फाउन्डेशनलाई एक करोड सहयोग गर्ने बचन दिएका छन् । भगवान उनलाई आर्शिवाद दिनुहोस्’ गौतमले ट्वीटमा लखेका छन् ।

 

 



प्रतिक्रिया दिनुहोस !